काठमाडौँको बौद्ध क्षेत्रमा यौनधन्दा, तीन होटल सञ्चालकसहित १८ जनाविरुद्ध मुद्दा

काठमाडौँ। काठमाडौँको बौद्ध क्षेत्रका विभिन्न स्थानमा यौन व्यवसाय गर्ने १८ जनाविरुद्ध प्रहरीले मुद्दा चलाएको छ । 

प्रहरीले यौनधन्दामा संलग्न रहेको आशङ्कामा तीन होटल सञ्चालकसहित १८ जनाविरुद्ध मुद्दा चलाएको महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायब निरीक्षक नरेन्द्र चन्दले जानकारी दिए। 

होटलमा यौन व्यवसाय चलाएको आशङ्कामा नारायणटारकी होटल सञ्चालन ३० वर्षीया अञ्जली तामाङ, २८ वर्षीय चन्द्रबहादुर गोले र जम्मुडाँडाबाट २७ वर्षीया अस्मिता थापामगरसहित १४ महिला र चार पुरुषविरुद्ध मुद्दा चलाइएको हो । 

null

मङ्सिर २२ गते पक्राउ परेका २७ जनाको बारेमा अनुसन्धान गरेपछि १८ जनाविरुद्ध मुद्दा चलाइएको हो । बौद्ध क्षेत्रको नयाँ बस्ती, जम्बुडाँडा र नारायणटारमा सञ्चालित होटल रेष्टुरेण्टको गतिविधिको अनुसन्धानका साथै छापा मारेर नियन्त्रणमा लिइएपछि आइतबार मुद्दा दर्ता गरेको चन्दले बताए। 

प्रहरीको छापापछि बौद्ध, जोरपाटी, नारायणटार, नयाँ बस्ती र जम्बुडाँडाका होटल तथा रेष्टुरेण्टमा अवैध यौनजन्य गतिविधि हुने गरेको फेला परेको छ ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 8 =