ग्लोबल आइएमईको तानसेन र पूर्वखोलामा शाखा कार्यालय समुद्घाटन 

पुस १५ कठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आज पाल्पा जिल्लाको तानसेन र पूर्वखोला स्थित तानसेन शाखा र पूर्वखोला शाखा कार्यालयको औपचारिक समुद्घाटन गरेको छ । पाल्पा जिल्ला र त्यस बरपरका बासिन्दाहरुलाई सेवा पुर्याउने उद्धेश्यले खोलिएको शाखाको नेपाल राष्ट्र बैंकका माननिय गभर्नर डा. चिरंजीवि नेपाल र तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहीले संयुक्त रुपमा औपचारिक समुद्घाटन गरे । 

 

उक्त शाखाको औपचारिक समुद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर नेपालले पाल्पा जिल्ला लगायत देशका अन्य जिल्लाहरुमा ग्लोबल आइएमई बैंकले बिस्तार गरेको सेवा सञ्जालले देशको समग्र आर्थिक वृद्धिमा उल्लेखनिय टेवा पुगेको बताए । 

null

उद्घाटनमा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल लगायत स्थानिय जनप्रतिनिधि, बुद्घिजीवि तथा स्थानियवासीहरुको उल्लेख्य उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाले ग्लोबल आइएमई बैंक लि. सुविधा सम्पन्न स्थानमा मात्र नभएर विकट क्षेत्रमा समेत पुगेर आफ्नो सेवा प्रदान गरिरहेको जानकारी गराउँदै सबै वर्ग र क्षेत्रलाई बैंकिङ्ग पहुँचमा ल्याउने बैंकको प्राथमिक उद्धेश्य रहेको बताएका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *