परिमार्जनसहित पारित भयो ओली–प्रचण्डको प्रतिवेदन

 

पुस १३, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समितिको बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) ले पेश गरेको राजनीतिक–सांगठनिक प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ । 

अध्यक्षद्वय ओली र दाहालले पेश गरेको प्रतिवेदन शुक्रबार बिहान बसेको बैठकले परिमार्जनसहित पारित गरेको हो । परिमार्जित प्रतिवेदनमा स्थायी समितिका सदस्यहरुले व्यक्त गरेका सल्लाह सुझाव र विचारलाई समेटिने बताइएको छ । 

null

मंसिर २९ गतेबाट सुरु भएको स्थायी समितको बैठकमा बिहीबार प्रधानमन्त्रीले सदस्यहरुले उठाएका पार्टी एकता टुंगो लगाउन नसकेको तथा जनअपेक्षा अनुसार काम नभएको लगायतका प्रश्नमाथि जवाफ पेश गरेका थिए । परिमार्जनसहित पारित प्रतिवेदनमा कुन–कुन विचार समेट्ने भन्ने विषयमा कुनै निर्णय भएको छैन । 

त्यस्तै बैठकले संगठनात्मक एकताबारे गृहकार्य गर्न ८ सदस्यीय कार्यदल गठन गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

कार्यदलमा महासचिव बिष्णु पौडेल, रामबहादुर थापा, शंकर पोखरेल, बर्षमान पुन, योगेश भट्टराई लेखराज भट्ट, सुरेन्द्र पाण्डे र बेदुराम भूषाल छन्। कार्यदलले पुस मसान्तभित्र पार्टीको साांगठनिक एकिकरणको काम सम्पन्न गर्ने निर्णय भएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *