प्रभु बैंकको नयाँ शाखा अब गुल्मीमा पनि

पुस १५, काठमाडौँ । सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले प्रभु बैंक लि.ले गुल्मीमा पनि नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । गुल्मी जिल्ला गाउँपालिका वडा नं. ४, रानीबास, बलेटक्सारमा आजदेखि नयाँ शाखा कार्यालय खोली सञ्चालनमा ल्याएको हो । 

 

प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनको सभापत्विमा आयोजित एक समारोहमा माननिय परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीले उक्त नयाँ शाखा कार्यालयको समुद्घाटन गरेका थिए । 

null

रानीबास शाखा कार्यालय समुद्घाटन कार्यक्रममा नेपाल सरकारका पुर्व मुख्य सचिव एवं छिमेकी देश चीनका लागि नेपाली राजदुत महामहिम लिलामणी पौडेल र गाउँपालिकाका अध्यक्षनिलकण्ठ गौतम विशिष्ट अतिथिका रुपमा थिए । बैंकले रानीबास शाखा कार्यालय समुद्घाटनको उपलक्ष्यमा विपन्न वर्ग, महिला उद्यमी तथा भूकम्प पिडित कर्जा शीर्षक अन्तर्गत ५ जनालाई सहुलियत ब्याजदरको कर्जा उपलब्ध गराएको छ । 

गुल्मी जिल्लास्थित बैंकको रानीबास शाखा कार्यालय उद्घाटन कार्यक्रममा गुल्मी जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैितक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय समाजसेवी, भद्रभलाद्मी, व्यापारी, व्यावसायी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो । 

आजदेखि सञ्चालनमा आएको प्रभु बैंकको गुल्मी जिल्लास्थित रानीबास शाखा कार्यालयबाट त्यहाँका स्थानिय तहका सेवाग्राही, सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र गाउँपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *