राष्ट्रवादी शक्तिको एकता आजको आवश्यक्ताः दीपक बोहरा

पुस ५, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का बरिष्ठ उपाध्यक्ष दीपक बोहराले देशको विग्रँदो परिस्थितिलाई सुधार गर्नका लागि बलियो राष्ट्रवादी शक्तिको आवश्यक्ता देखिएको बताएका छन् । राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन (प्रजातान्त्रिक) द्वारा आयोजित पार्टी प्रवेशको कार्यक्रममा बोल्दै बर्तमान संविधानलाई शिरोधार्य गर्दै देशको विग्रँदो परिस्थिति सुधार्न बलियो राष्ट्रवादी शक्ति निर्माण गरिनुपर्ने बताएका हुन् । 

 

‘बर्तमान अवस्थामा राष्ट्र र राष्ट्रियता कमजोर भएको छ जसलाई जोगाउन तीन राप्रपा एक भएर अगाडी बढ्नुपर्ने अवस्था आएको छ ।’ पार्टी कार्यालय चावहिलमा आयोजित कार्यक्रममा बोहराले भने । उनले तीन राप्रपा एक भएको अवस्थामा मुलुकमा एउटा बलियो बैकल्पिक शक्ति तयार हुने भन्दै एकताका लागि आब्हान गरे । ‘अहिलेको आवश्यक्ता राष्ट्रवादी शक्तिहरु विचको एकता हो, म सबैलाई आग्रह गर्न चाहन्छु फुटेर हैन जुटेर अगाडी बढौं ।’ उनले भने । 

null

 

कार्यक्रममा बोल्दै पार्टीका अर्का वरिष्ठ उपाध्यक्ष केशरबहादुर विष्टले पार्टी भित्र नीति, सिद्धान्त र बैचारिक धार अस्पष्ट रहेको भन्दै पार्टीलाई गतिशिल बनाउन स्पष्ट धारणा आवश्यक रहेको औल्याए । उनले पार्टीको महाधिवेशन नभएको भन्दै छिटोभन्दा छिटो महाधिवेशन तोक्न आग्रह गर्दै लामो समयसम्म पार्टीको केन्द्रिय कार्य समितिको बैठक समेत बस्न नसक्दा समस्या आएको बताए । साथै विष्टले राजसंस्थाका सवालमा पार्टी स्पष्ट नहुँदा कार्यकर्तामा अन्यौलता छाएको समेत जिकिर गरे । 

कार्यक्रममा पार्टीका महामन्त्री सुनिल बहादुर थापा, ध्रुव बहादुर प्रधान, सुरेन्द्र केसी, महिला कमिटि अध्यक्ष कमला देबि शर्मा तथा उच्च कार्य समिति सदस्य जगत प्रसाद गौचनले समेत पार्टी एकतामा जोड दिएका थिए । कार्यक्रममा पार्टीका उपाध्यक्ष तथा पूर्वमन्त्री विक्रम पाण्डेको पनि उपस्थिति रहेको थियो । 

राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन (प्रजातान्त्रिक)का संयोजक तथा पार्टीका केन्द्रिय सदस्य रविन्द्र प्रताप शाहको सभापतित्वमा आयोजित कार्यक्रममा करिब डेढ सय युवाहरु विभिन्न पार्टी परित्याग गरी राप्रपा (प्रजातान्त्रिक) मा प्रवेश गरेका थिए । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *