स्कुटर दुर्घटनामा हुँदा एक को मृत्यु

पुष ४, काठमाडौँ । काठमाडौँको तिलिङ्गाटारमा सवारी दुर्घटनामा स्कुटर चालकको मृत्यु भएको छ । बसुन्धराबाट गोँगबुतर्फ जाँदै गरेको बा ९७ प ७८३७ नम्बरको स्कुटर बा १४ च ६८४८ नम्बरको पिकअप भ्यानमा ठोकिँदा रामेछाप घर भई हाल बसुन्धरा बस्ने १७ वर्षीय अनिल श्रेष्ठको आज बिहान मृत्यु भएको छ ।  

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले दुर्घटनामा घाइते भएका श्रेष्ठको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको जानकारी दिए । 

स्कुटरको पछाडि सवार श्रेष्ठकी आमा भगवती श्रेष्ठ भने घाइते भएकी छिन् । प्रहरीले पिकअप भ्यान र चालकलाई भने नियन्त्रणमा लिईसकेको छ ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *