एनआइसी एशिया बैंकको “साथी” सञ्चालनमा

 

पुस १२, काठमाडौँ । एनआइसी एशिया बैंक लिमिटेडले सामाजिक सञ्जाल फेसबुकमार्फत् ‘साथी’ नामक Chatbot सञ्चालनमा ल्याएको छ । 

“बैंक पनि, साथी पनि, राम्रो पनि, हाम्रो पनि” को भावना अनुरुप प्रविधिमा आएको विकासलाई ग्राहकहरुको थप सुविधा प्रदान गर्ने अभिप्रायले बैंकको सामाजिक सञ्जाल फेसबुक अन्तर्गत  ‘साथी’ नामक Chatbot पुस १० गतेबाट सञ्चालनमा आएको हो । 

null

यसमार्फत् बैंकका ग्राहकहरूले आफ्नो चाहाना अनुरुपका जिज्ञासाहरुकोे आधिकारीक जवाफ प्राप्त गर्न सक्ने तथा डिजिटल बैंकिङ्गको विकासमा बैंकले थप उचाई प्राप्त गर्ने बैंकको विश्वास छ । 

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २७० शाखा कार्यालयहरु, २८७ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । 

बैंकको वासलातको आकार रू. २१३ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६८ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब रू. १४५ अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । 

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको बैंकले जनाएको छ । 

समस्त ग्राहकहरूलाई उच्चस्तरीय सेवा दिँदै आइरहेको यस बैंकले ग्राहकहरूको सुझावलाई उच्च सम्मान गर्दै अगामी दिनहरुमा यस्तै खालका विभिन्न विद्युतिय सेवाहरु ल्याउने योजना राखेको बैंकका नायब प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाले जानकारी दिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *