कांग्रेस शीर्ष नेताको सहमतीमा केन्द्रीय सदस्यहरुको असन्तुुष्टि, संस्थापन पक्षले नियोजित रूपमा विवाद झिकेको आरोप

 

काठमाडौं । पदाधिकारीको संख्या र निर्वाचन प्रणालीबारे शीर्ष नेताहरूबीच मंगलबार बल्लबल्ल जुटेको सहमतिमा कांग्रेस केन्द्रीय समितिमा फेरि विवाद सुरु भएको छ । सहमति अनुमोदन गर्न बुधबार दुईपटक बसेको केन्द्रीय समिति टुंगोमा नपुगी बिहीबार बस्ने गरी स्थगित भएको छ । 

बैठकमा सभापति शेरबहादुर देउवापक्षीय नेताहरूले समावेशी आधारमा पदाधिकारी चयन हुनुपर्ने मुद्दा उठाएपछि विवाद सुरु भएको हो । नेता रामचन्द्र पौडेल पक्षले भने शीर्ष तहमा भइसकेको सहमतिमा संस्थापन पक्षले नियोजित रूपमा विवाद झिकेको आरोप लगाएको छ ।  आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।   

null

बैठकमा देउवापक्षीय नेताहरूले मधेसी, जनजाति, दलित, मुस्लिम र खस–आर्य समुदायबाट पनि पदाधिकारीमा प्रतिनिधित्व गराउनुपर्ने माग गरेका थिए ।  

केन्द्रीय सदस्य वीरबहादुर बलायरले पदाधिकारी बढाउँदा विभिन्न क्लस्टरबाट पनि प्रतिनिधित्व हुनुपर्ने माग गरे । ‘संविधानअनुसार राज्यका सबै निकाय समावेशी हुनुपर्ने, बिपीले उहिल्यै समावेशिताको सिद्धान्त लागू गर्दै दलित समुदायलाई महामन्त्री बनाउने, महिलालाई मन्त्री बनाउन हुने,’ बलायरले भने, ‘तर, अहिले पदाधिकारी र केन्द्रीय सदस्य बढाउँदा पदाधिकारी किन समावेशी नहुने ?’  

विधान संशोधन मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्काले मंगलबार शीर्ष नेताबीच भएको सहमति जानकारी गराएलगत्तै बलायरले असहमति जनाएका थिए । नेताहरू महेन्द्र यादव, फर्मुल्लाह मन्सुर, सीता गुरुङ, किशोरसिंह राठौर र मोहनबहादुर बस्नेतले पनि पदाधिकारी बढाउँदा सबै समुदायको प्रतिनिधित्व हुनुपर्ने माग गरे ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =