ग्लोबल आईएमई र दोहा बैंक बीच रेमिट्यान्स सम्झौता 

 

पुस ५, काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेड र कतार स्थित दोहा बैंक बिच रेमिट्यान्स कारोबार सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्भौतापत्रमा दोहा बैंकका प्रमुख कार्यकारी अधिकृत डा. आर. सीथारमन र ग्लोबल आईएमई बैंक लि का प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले हस्ताक्षर गरेका हुन् । 

दोहा बैंक, कतारमा रहेका बैंकहरु मध्य अग्रणी स्थानमा रहेको बैंक हो जसको कतारभर २७ शाखा कार्यालय लगायत बिभिन्न १४ भन्दा बढि मुलुकहरुमा शाखा संजाल तथा प्रतिनिधि कार्यालय रहेका छन । 

null

रेमिट्यान्स कारोबारको लागि दोहा बैंकसँगको यो सम्झौता पश्चात कतारमा रहेका सम्पुर्ण नेपालीहरुले कतारको दोहा बैंकका सम्पूर्ण शाखा कार्यालय तथा अनलाइन मोबाइल एप्लिकेशन मार्फत सजिलै नेपाल पैसा पठाउन सक्नेछन र उक्त रेमिट्यान्स ग्लोबल आइएमई बैंक लि.का सम्पूर्ण शाखाहरु तथा आई. एम. ई. र जि. एम. इ. का ९००० भन्दा बढि एजेन्ट मार्फत सजिलै भुक्तानी लिन सकिनेछ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *