भोगाधिकारको जग्गा भाडा प्रकरणः इजी राइडर्सको रिट खारेज

पुस १३, धरान । भोगाधिकारको जग्गा धरान स्थित डिपो स्कुलले लिजमा दिएपछिको विवादको जिल्ला अदालत सुनसरीमा पुगको रिट निवेदन खारेज भएको छ । इजी राइडर्स ग्रुप बिजनेश प्रालिको निषेधाज्ञा माग गरिएको रिट हिजो अदालतले खारेज गरेको हो । 

न्यायाधिश शंकर प्रसाद राईको इजलाशले बिहीबार इजी राइडर्सको मागदाबी कानुन सम्मत नभएको भन्दै खारेज गरेको हो । ‘इजी राइडर्सले जे जे भनेर दाबी गर्दै रिट हालेको थियो, अदालतले कानुन सम्मत होइन भनेर खारेज गरिदिएको धरान उपमहागनरपालिकाको तर्फबाट बहस गरेका अधिवक्ता अबइन्द्र निरौलाले जानकारी दिए । 

सार्वजनिक सम्पत्ति हो, विद्यालय र शैक्षिक प्रयोजन बाहेक अन्य व्यापारिक काममा प्रयोग गर्न हुदैन भन्ने सर्वोच्चको यसअघिको फैसला अनुसार नै रिट खारेज भएको हो । निरौलाले रिट खारेज हुनु पर्छ भनेर बहस गरेका थिए । इजि राईडरको तर्फबाट मणी दुलाल र पर्शुराम अधिकारीले बहस गरेका थिए । 

null

यस फैसला सँगै विद्यालयसँग गरेको करारनामा बदर गरेर फनपार्क निर्माण बन्द गर्नु पर्ने हुन्छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आग्रहमा जिल्ला प्रशासन कार्यालय र धरान उपमहानगरपालिकाले शैक्षिक एवं अस्पताल क्षेत्रको जग्गामा फनपार्क निर्माण कार्य कानुन सम्मत नहुने भन्दै रोकेको थियो । 

तर, त्यस बिरुद्ध इजी राइडर्सले निषेधाज्ञा माग गर्दै अदालतमा रिट हालेको थियो । करारनामालाई आधार मानेर अदालतले इजी राइडर्सको माग बमोजिम गत तिहार अघि रिटमा बिपक्षी रहेकाहरु जिल्ला प्रशासन, जिल्ला प्रहरी, विपी प्रतिष्ठान र धरान उपहानगरको नाममा स्टे अर्डर जारी भएको थियो । 

सरकारले शैक्षिक प्रयोजनको लागि लिजमा दिएको १० बिघा जग्गामध्ये ३ बिघा जग्गा डिपो स्कुलले ३० बर्षको लागि इजी राइडर ग्रुप बिजनेश प्रालिाई लिज दिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *