बैंक अफ काठमाडौँ र आइएमईबिच सहकार्य

मंसिर २३, काठमाडौं । आइएमई पे का सेवाग्राहीहरूले अबदेखि बैंक अफ काठमाडौँ लिमिटेडको खातामा लिङ्क गरि आइएमई पे वालेटमा सिधैं रकमान्तर गर्न सक्ने भएका छन् । 

बैंक अफ काठमाडौँले सेवाग्राहीहरूलाई आइएमई पे वालेटमा बैंक खाता लिङ्क गर्ने लगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने जस्ता सेवाहरू उपलब्ध गराउनुको साथै बैंक अफ काठमाडौँका सेवाग्राहीहरुले ‘आइएमई पे’ मा उपलब्ध रिचार्ज, मनी ट्रान्सफर र क्यु आर मार्फत गरिने भुक्तानी सेवा पनि प्राप्त गर्न सक्नेछ । 

आइएमई ग्रुरुपद्वारा  प्रर्वद्धित ‘आइएमई डिजिटल’ र बैंक अफ काठमाडौँ बीच ‘ आइएमई पे’ मोवाईल मनीमार्फत बिबिध मोवाईल बित्तिय सेवा उपलब्ध गराउने कार्य प्रारम्भ भएको छ । बैंक अफ काठमाडौँ लिमिटेड ‘आइएमई डिजिटल’ को बैंकिङ्ग साझेदारी संस्था हो । 

null

आइएमई डिजिटल सोलुसन लिमिटेड १६००० हजारभन्दाबढी एजेण्ट आउटलेट संजाल भएको आइएमई पे आईएमई समूह अन्तर्गतको डिजिटल बित्तीय सेवा प्रदायक कम्पनी हो । नेपाल राष्ट्र बैंकको “भुक्तानी तथा फर्छ्यौट बिनियमावली, २०७२” बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गर्नुको साथै आईएमई डिजिटल यस्तो अनुमति पाउने देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी भएको छ ।  

आईएमई डिजिटलले “आईएमई पे” ब्रान्ड अन्तर्गत मोवाईल वालेट सेवा उपलब्ध गराउने र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोवाईल मार्फत बिभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन् । याे सेवाले व्यक्ति–व्यक्तिका बिचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर बिभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यु आर मार्फत भुक्तानी गर्ने, मोवाईल रिचार्ज गर्ने र बिभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तानी गर्न समेत सहयोग पुर्याउनेछ । 

आईएमई डिजिटलले बैंकको सुविधाबाट बञ्चित तथा न्यून बैंकिंङ सुविधा प्राप्त नेपाली लगायत सम्पूर्ण सर्वसाधारण जनतालाई बित्तिय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको बित्तिय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ । 

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *