एघार वर्षीय प्रिन्सको ‘न मानामा नापिन्छ माया’

 

पुस १५, काठमाडौँ । चितवनको सौराहा घर भई हाल काठमाडौँ बस्दै आएका बालगायक प्रिन्स सिलवालको दोस्रो म्युजिक भिडियोको छायाङ्कन सुरु भईसकेको छ । 

एघार वर्षीय प्रिन्सकै स्वर रहेको ‘न मानामा नापिन्छ माया, न तुलोमा जोखिन्छ माया’को म्युजिक भिडियोमा अहिले प्रिन्स व्यस्त हुनुहुन्छ । सौराहामा सुन्दर पोशाकमा सजिएका थारू युवतीको ‘कोरस’ नृत्य अगाडि प्रिन्सले मोडलिङ गरेका छन् । उनलाई मोडलिङमा निशा पाण्डे र जेनी धमलाले साथ दिएका छन् । 

null

भकारी एमडिसीको प्रस्तुतीमा सुरु भएको म्युजिक भिडियो छायाङ्कनमा प्रिन्सले उत्कृष्ट प्रदर्शन गरेको निर्देशक सञ्जय पाण्डे बताउँछन् । यसअघि प्रिन्सले दशैँको अवसरमा उमङ्गले भरिएको गीत ‘दशैँ मनाउने हो, नाच्दै रमाउने हो’ भिडियो बजारमा ल्याएका थिए । 

“गायनमा जस्तै राम्रो प्रस्तुति मोडलिङमा प्रिन्सले देखाएका छन्”, गीतकार तथा भकारी एमडीसीका निर्देशक वसन्त वित्यासी थापाले भने । ‘न मानामा नापिन्छ माया’ बोलको गीत पहिलो रेकर्ड भए पनि म्युजिक भिडियो भने दोस्रो हो । उनको दोस्रो गीत ‘दशैँ मनाउने हो’ को म्युजिक भिडियो दशैँअघि नै बजारमा आएको थियो । यसलाई दशैँमा बालबालिकाले खुब मन पराएका थिए । 

 सञ्जय पाण्डेको निर्देशन र कृष्ण रसालको नृत्य निर्देशन रहेको म्युजिक भिडियोको छायाङ्कन भने चक्र महर्जनले गरेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *