नेकपामा आक्रोश: प्रचण्डले जवाफ दिए, ओलीको जवाफ आज

काठमाडौं । झन्डै दुई हप्तादेखि जारी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक बिहीबार सकिँदै छ । बिहीबारको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सदस्यहरूले उठाएको प्रश्नको जवाफ दिएपछि बैठक सकिनेछ ।  बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । 

बुधबारै दुवै अध्यक्षले सम्बोधन गर्ने भनिए पनि संसद् बैठक भएकाले पार्टी बैठक छोट्याएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।  

सचिवालयका नेताहरूमध्ये राजनीतिक प्रतिवेदनमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णु पौडेल र सदस्य ईश्वर पोखरेल एउटा कित्तामा उभिएका छन् भने वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र सदस्य वामदेव गौतम अर्को कित्तामा उभिएका छन् । सचिवालय सदस्य रामबहादुर थापा भने विवादबारे मौन छन् । 

null

बैठकमा भीमबहादुर रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, अष्टलक्ष्मी शाक्य, वेदुराम भुसाल, रघुजी पन्त, भीम आचार्य, युवराज ज्ञवाली, अग्नि सापकोटा, गणेश शाह, टोपबहादुर रायमाझी, मुकुन्द न्यौपाने, अमृत बोहरा, अमिक शेरचन, पेशल खतिवडा, लेखराज भट्टलगायतले पनि विधि, प्रक्रिया र मापदण्डका आधारमा पार्टी सञ्चालन गर्नुपर्ने तथा पार्टीले सरकार सञ्चालन गर्नुपर्ने धारणा राखे ।  

पृथ्वी सुब्बा गुरुङ, शंकर पोखरेल, विष्णु रिमाल, सुवास नेम्बाङ, किरण गुरुङ, गोकर्ण विष्ट, चक्रपाणि खनाल, छविलाल विश्वकर्मा, प्रदीप ज्ञवाली, वर्षमान पुन, मातृका यादव, रघुवीर महासेठ, सत्यनारायण मण्डल, हरिबोल गजुरेल, शक्तिबहादुर बस्नेतले सरकार र पार्टी नेतृत्वकै प्रतिरक्षा गरे । पम्फा भुसाल, देव गुरुङ, लीलामणि पोखरेल, देवेन्द्र पौडेललगायतले मध्यमार्गी धारणा राखे । 

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी र सरकारबीच अन्योन्याश्रित सम्बन्ध हुने तर्क गर्दै सरकारको बचाउ गरेका छन् । बुधबारको स्थायी समिति बैठकमा १ घन्टा ५५ मिनेट बोलेका प्रचण्डले पार्टी बलियो भए सरकार बलियो हुने तर्क गर्दै पार्टी र सरकारप्रति रचनात्मक भूमिका खेल्न आग्रह गरे । उनले अधिकांश समय कम्युनिस्ट विचार, दर्शन र पार्टी एकताको विषयमा खर्चेका थिए । 

‘जनयुद्धमा पार्टीले बन्दुक चलाउने कि बन्दुकले पार्टी चलाउने भन्ने बहस हुन्थ्यो ।’ प्रचण्डको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी स्थायी समिति सदस्य मणि थापाले भने, ‘समय परिस्थिति फेरिएकाले अहिले हामी पार्टीले सरकार चलाउने कि सरकारले पार्टी भन्ने अवस्थामा आएका छौँ । अवश्य पार्टीले सरकार चलाउनेछ ।’  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =