ग्लोबल आइएमई बैंकको थप २ शाखा सहित बैंकिङ्ग सेवा

पुस ६, काठमाडौँ । ग्लोबल आइएमई बैंकले थप २ वटा शाखा सहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले पुस ४ गते देखि सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका – ११, रामघाटमा १११ औँ र पुस ५ गते बिहीबार देखि बाँके जिल्लाको बैजनाथ गाँउपालिका – ४, बानियाभारमा ११२ औँ शाखा सहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । 

 

यी दुबै शाखाको उद्घाटन स्थानिय जनप्रतिनिधि, बुद्घिजीवि तथा स्थानियवासीहरुको रोहबरमा भएको छ । सुर्खेतको रामघाटमा खोलिएको शाखा सहित बैंकिङ्ग सेवा बैंकको सुर्खेत शाखा र बाँकेको बानियाँ भारमा खोलिएको शाखारहित बैंकिङ्ग सेवा बैंकको कोहलपुर शाखाको मातहतमा रहने छ । 

null

शाखा सहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्पmत बैंकिङ्ग सेवा लिन सक्नेछन । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, म्क्ष्क्ज् ज्इःभ्रऋम्ःब्रग्त्ी को महसुल भुक्तानी गर्ने, मोबाइल रिर्चाज गर्ने लगायतका सेवा लिन सक्नेछन् । कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यि क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी ग्लोबल आइएमई बैंकले यी स्थानहरुमा शाखा सहित बैंकिङ्ग सेवा सुरु गरेको हो । 

यसका साथै बैंकले गत पुस ३ गते देखि कीर्तिपुर नगरपालिका स्थित त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय (प.नि.का.) बल्खु, काठमाण्डौमा आफ्नो ७ औँ एक्सटेन्सन काउण्टर सुरु गरेको छ । परीक्षा नियन्त्रण कार्यालय (प.नि.का.) बल्खुमा रहेको आफ्नो नगद संकलन काउण्टरलाई स्तरोन्नती गरी एक्सटेन्सन काउण्टरमा रुपान्तरित गरेको हो । यस एक्सटेन्सन काउण्टर बैंकको कीर्तिपुर शाखाको मातहतमा रहने छ । 

परीक्षा नियन्त्रण कार्यालय, बल्खुमा सेवाग्राही विद्यार्थीहरुले बिभिन्न शुल्कहरु बुझाउन अझ सहज होस् र विद्यार्थीहरु तथा त्रिभुवन विश्वविद्यालयका कर्मचारीहरुको बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने गरि एक्सटेन्सन काउण्टर सुरु गरेको हो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *