प्राइम कमर्सियल बैंकको नयाँ शाखा भक्तपुरको सूर्यविनायकमा

 

पुस ८, भक्तपुर । प्राइम कमर्सियल बैंक लिमिटेडले आज आफ्नो नयाँ शाखा विस्तार गरेको छ । 

प्राइम बैंकले भक्तपुरको सूर्यविनायक नगरपालिकामा नयाँ शाखाको शुभारम्भ गरेको हाे । योसँगै बैंककाे शाखा कार्यालय संख्या ६७ पुगेको छ । 

null

स्थानीय उद्योगी, व्यवसायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा आइतबार एक समारोहका बिच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले शाखाको उद्घाटन गरे । 

बैंकले यसै क्रमलाई निरन्तरता दिँदै आगामी दिनहरुमा आफ्नो सेवा दिन शाखाहरुको सञ्जाल बिस्तार गर्दै लैजाने प्रतिवद्धता प्रकट गरेको छ । 

साथै बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त, आत्मीय र ग्राहकमुखी बनाउने बैंकका प्रमुख कार्याकारी अधिकृत नारायण दास मानन्धरले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *