गोरु काट्ने पक्राउ पर्दा साँस्कृतिक अधिकार संरक्षण समितिको टाउको दुखाइ
पुस १, धरान । गत शुक्रबार धरान १७ स्थित विद्या टोलमा गोरु काट्दै गरेको अवस्थामा पक्राउ परेकाहरुलाई कारबाही गर्नु संविधानको मर्म विपरितको काम भएको भन्दै साँस्कृतिक अधिकार संरक्षण समिति सुनसरीले विरोध जनाएको छ ।
सांस्कृतिक अधिकार संरक्षण समिति, धरानले शनिबार प्रेस विज्ञप्ती जारी गर्दै गोरु काटेको अभियोगमा पक्राउ गर्नु संविधानको भावना विपरीत गैरकानुनी भएको बताएको हो ।
null
समितिका संयोजक सुवास हुक्पाचोङबाङको हस्ताक्षरमा जारी गरिएको प्रेस विज्ञप्तीमा भनिएको छ, ‘नेपालको संविधानको भाग १९४० मा व्यवस्था भएको ‘धर्म निरपेक्ष, समावेशी, लोकतान्त्रिक राज्य’को भावनाविरुद्ध हुनेगरी गोरु काटेको विषयलाई ‘मुद्दा’को रुप दिइ मिति ०७५ मंसिर २८ गते धरान–१७ बाट १० जनालाई गैरकानुी ढङ्गबाट पक्राउ गरिएकोमा हाम्रो आपत्ति रहेको छ ।’
गोरु काटिरहेकै अवस्थामा पक्राउ पर्नेहरुमा धरान–३ का राजेश खड्गी, राजेन्द्र खड्गी, आशिष खड्गी, धरान–११ का अनिल शाही, अनिष शाही, सुनसरी भोक्राह नर्सिङ–३ का बहिस मियँ, रिजमान मियाँ, शाहदत्र मनसुरी, आशिक मनसुरी र महमुदी मनसुरी रहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरुलाई म्याद थप गरि अनुसन्धानको लागि हिरासतमा राखिएको छ ।
‘संविधान अनुसार देश लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक भएपनि प्रहरी प्रशासनले संविधानको भावना विपरित हुनेगरी गोरु काटेको विषय मुद्दा बनाइनु भत्र्सना योग्य विषय बनेको छ । प्रहरी प्रशासनको यो गतिविधि नेपालको संविधानको मूलमर्म र भावना विपरित भएकोले प्रहरी प्रशासनको उक्त कार्य स्वतः गैर कानुनी भएको ठहर गरेका छौं ।’
विज्ञप्तीमा भनिएको छ, संविधान सँग बाझिएको कानून हदसम्म अमान्य हुनेछ । प्रहरीले गरेको यस्तो दमन प्रति घोर विरोध गर्दछौं । र, प्रहरीको उक्त कार्य तुरुन्त सच्च्याउन साथै पक्राउ परेका १० जनालाई निःशर्त रिहाइ गर्न अनुरोध गर्दछौं ।’
पक्राउ परेकाहरुलाई विनाशर्त तत्काल रिहाइ नगरे थप सङ्घर्षका कार्यक्रमहरु घोषणा गरिने चेतावनी समेत दिइएको छ ।