एनआईसी एशिया बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रोशन कुमार न्यौपाने नियुक्त

मंसिर १६, काठमाडौँ । एन आई सी एसिया बैङ्क लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा कुमार न्यौपाने नियुक्त भएका छन् ।बैङ्कको आज बसेको ३७९ औँ सञ्चालक समितिको बैठकले बैङ्कका का.मु प्रमुख कार्यकारी अधिकृत न्यौपानेलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । 

 

तत्कालीन प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालको राजीनामा स्वीकृत भए पश्चात् न्यौपानेले कायम मू कायम प्रमुख कार्यकारी अधिकृतको रूपमा बैङ्कको नेतृत्व सम्हाल्दै आएका थिए । 

null

न्यौपानेको नेतृत्वमा बैङ्कले विभिन्न वित्तीय परिसूचकहरुमा उत्कृष्ट रूपमा सुधार गर्दै निक्षेप, कर्जा तथा वासलातको आकार, शाखा तथा एटिएम सञ्जाल लगायतका परिसुचकमा नेपालकै सबै भन्दा ठुलो बैङ्कको पहिचान बनाई सकेको छ । 

आन्तरिक लेखा परीक्षण विभाग प्रमुखको रूपमा तत्कालीन बैङ्क अफ एसिया नेपाल लिमिटेडबाट बैङ्किङ क्षेत्रमा प्रवेश गरेका न्यौपानेले बैङ्कको प्रमुख जोखिम अधिकृत, सहायक प्रमुख कार्यकारी अधिकृत, तथा नायव प्रमुख कार्यकारी अधिकृतको रूपमा नेतृत्व प्रदान गर्दै बैङ्कलाई देशकै अग्रणी बैङ्कहरूमध्येको एक बैङ्कको रूपमा स्थापित गराउने अभियानमा मुख्य अभियन्ताको रूपमा कार्य गर्दै आएका छन् । न्यौपाने चार्टर एकाउन्टेन्ट समेत हुन् । 

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेलाई बैङ्कका सञ्चालक समितिका अध्यक्ष तुलसी राम अग्रवालले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । 

तत्पश्चात् नववियुक्त प्रमुख कार्यकारी अधिकृत न्यौपानेले बैङ्कका समस्त ग्राहकहरूलाई उत्कृष्ट, सरल एवं सुलभ बैङ्किङ सेवा प्रदान गरी समृद्ध नेपाल, सुखी नेपाली को राष्ट्रिय सङ्कल्पले परिकल्पना गरे बमोजिम सबै सरोकारवालाहरूको सर्वाङ्गिण आर्थिक समृद्घिका लागि एक उत्कृष्ट बैङ्कको रूपमा यस बैङ्कलाई थप उचाइमा पु-या उने प्रतिबद्धता व्यक्त गरे । साथै उनले “बैङ्क पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” भन्ने बैङ्कको नारालाई मूर्तरूप दिन सम्पूर्ण बैङ्क परिवार हर हमेसा प्रतिबद्ध रहने प्रण गरे । 

न्यौपानेको नेतृत्वमा एनआईसी एसिया बैङ्कले नयाँ बाटो अङ्गालेर बैङ्किङ क्षेत्रमै आफूलाई उदाहरणीय बैङ्कको रूपमा उभ्याउन सफल भएको छ । दुर्गम क्षेत्रमा नेटवर्क विस्तार गर्नुपर्छ भन्ने उद्देश्यले बैङ्कले न्यौपानेकै नेतृत्वमा उक्त कार्यको थालनी पनि गरेको थियो । यसले वित्तीय सहजतामा ठुलो सहयोग पनि गरेको छ । बैङ्किङ पहुँचबाट टाढा रहेका स्थानीय जनतासमक्ष पुगेर बैङ्कले आफ्नो शाखा सञ्जाल विस्तार गरेर एउटा ठुलो फड्को मारिसकेको छ । 

हाल मुलुकभर करिब १४ लाख भन्दा बढी सेवाग्राहीहरुको बैङ्क बन्न सफल भएको छ । यसै गरी, २६८ शाखा तथा २८१ एटीएमसहित देशकै सबैभन्दा बढी शाखा सञ्जालबाट बैङ्कले बैङ्किङ सेवा प्रदान गरिरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *