सुन सफा गरिदिन्छौँ भन्दै ठगी गर्ने भारतीय पक्राउ
मकालु खबर
२०७५ पुस १३ गते
पुस १३, भोजपुर । भोजपुरमा ठगी गर्दै हिँड्ने छ भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । सुन सफा गरिदिन्छौँ भन्दै सोझासाझा स्थानीयवासीको सक्कली सुनमा विभिन्न खालको धातु लगाएर ठगी गर्दै हिँड्ने उनीहरुलाई पौवादुम्मा गाउँपालिका–४ वास्तिमबाट पक्राउ गरिएको भोजपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख केशवकुमार थेवेले जानकारी दिएका छन् ।
पक्राउ पर्नेमा भारतको मोतीहारी जिल्ला घोडासहन १४ का लवकुश साह, जितेन्द्र साह, शरणकुमार साह, रबिन्द्र साह, रमेश कुमार र राकेशकुमार रहेको प्रमुख थेवेले जानकारी दिए ।
पक्राउ परेका उनीहरुलाई बिहीबार भोजपुर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।
null
मकालु खबर
२०७५ पुस १३ गते
प्रतिक्रिया
सम्बन्धित