काठमाडौँ फर्किएकी राजदूत शेर्पासँग परराष्ट्रले लियो स्पष्टिकरण

 

मंसिर २४, काठमाडौँ । मानव तस्करीको आरोप लागेकी अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई काठमाडौँ झिकाएर परराष्ट्र मन्त्रालयले स्पष्टिकरण मागेको छ । 

यसअघि लिखित स्पष्टिकरण मागेको मन्त्रालयले चित्त बुझ्दो जवाफ नपाएपछि काठमाडौँ झिकाएर आइतबार स्पष्टिकरण मागेको हो । 

null

राजदूत शेर्पालाई उनको सवारी चालक वाङ्छु शेर्पाले मानव तस्करी तथा श्रम शोषणको आरोप लगाएका थिए । उनी निकट मान्छेले आरोप लगाएपछि परराष्ट्र मन्त्रालयले चासो व्यक्त गरेको हो । 

परराष्ट्र मन्त्रालयका अनुसार, आइतबार बिहान नेपाल आइपुगेकी शेर्पाको बारेमा मन्त्रालयद्वारा गठित ३ सदस्यीय समितिले छानबिन थालेको छ । 

स्पष्टीकरणका क्रममा राजदूत शेर्पाले के भनिन् भन्ने परराष्ट्रले खुलाएको छैन । राजदूत शेर्पामाथि छानविन भइरहेको र आरोप पुष्टि भए कानुन बमोजिम कारबाही हुनेछ बताइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *