अखाद्य वस्तु बिक्री बितरण गर्ने ७९ वटा उद्योगमाथी मुद्दा दायर

पुस ४, हेटौँडा । यो चार महिना भित्रमा अखाद्य वस्तुको उत्पादनमा मिसावट गरी बिक्री वितरण गर्ने ७९ वटा औद्योगिक तथा व्यवसायी माथि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले मुद्दा दायर गरेको छ । 

२०७५ साउनदेखि कात्तिकसम्म  गरिएको बिभिन्न स्थानको  छानबिन तथा खाद्य वस्तुको परीक्षण गर्दा अखाद्य वस्तु  र मिसावट भेटिएकाेले  ती ७९ वटा औद्योगिक तथा व्यवसायी माथि सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको सो कार्यालयले जनाएको छ । 

मकवानपुर, बारा, पर्सा, सर्लाही, चितवन र रौतहटका औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानको सङ्कलित नमूनामा जाँच गर्दा खाद्य अनुसन्धान अधिकृत आकाश काफ्लेका अनुसार कमीकमजोरी पाइएकाले मुद्दा दायर भएको हो । मुद्दा दायर भएको उद्योगमा दुग्धपदार्थ, चियाकफी, तेल, घ्यू, पानी, दालदलहन तथा दानालगायतका खाद्य पदार्थ भएको जानकारी आएको छ । 

null

 सो कार्यालयले आर्थिक वर्ष २०७४/०७५ मा विभिन्न ठाउँबाट सङ्कलन गरेर ल्याइएको खाद्यपदार्थको जाँच गर्दा कमीकमजोरी भेटिएका वा पाइएका ११९ औद्योगिक तथा व्यावसायिक प्रतिष्ठान माथि मुद्दा दायर गरेको कार्यालयबाट प्राप्त भएको विवरणमा उल्लेख छ । 

कार्यालयले सो अवधिमा अनुज्ञापत्र नवीकरणबाट रु छ लाख २४ हजार तथा अनुज्ञापत्र जारी र विविध कामबाट रु चार लाख २८ हजार राजश्व सङ्कलन गरेको जानकारीमा आएको छ । यस कार्यालयले लगातार अनुगमन, निरीक्षणका साथै चेतनामूलक कार्यक्रम गरी उद्योगी व्यवसायी तथा सर्वसाधारणलाई सचेत गराउँदै आईरहेका पनि छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *