दाङमा विद्यार्थी चढेको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु

पुस ६, काठमाडौँ । दाङको तुलसीपुर–कपुरकोट सडकखण्डको तुलसीपुर ३ राम्रीमा बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । 

कपुरकोटस्थित मुलपानी वनस्पति उद्यानको अवलोकन भ्रमण गरेर फर्कँदै गरेकाे शिक्षक तथा विद्यार्थी सवार बा४ख ९७६६ नम्बरको बस सडकबाट तल खस्दा नौ जनाको मृत्यु भएको हो भने अन्य ३ जना घाइते भएका छन्। 

३१ जना सवार बस दुर्घटना हुँदा ८ जना पुरुष र एक जना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

null

अहिले दाङ र सल्यानको प्रहरी तथा स्थानीय उद्धारमा खटिएका छन्। उद्दारका लागि १८ जना प्रहरीको टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।घटनाको थप विवरण आउन बाँकी छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *