लागूऔषध सहित एक पक्राउ

पुष ५, बिराटनगर । लागूऔषध सहित प्रहरीले बिराटनगरबाट एकजनालाई पक्राउ गरेको छ । बिराटनगर–४ स्थित महेन्द्र चोकबाट हिजो लागूऔषध नियन्त्रण ब्यूरो बराटनगरबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित सुनसरी धरान उप–महानगरपालिका–१५ का २२ वर्षिय बिकाश साहलाई पक्राउ गरेको हो । 

साँझ साढे ५ बजेको समयमा शंकास्पद अवस्थामा हिडिरहेका साहलाई चेकजाँचको क्रममा लागूऔषध एभिल ४० एम्पुल, डाईजेल्याव ३९ एम्पुल र लुपिजेसिक३८ एम्पुल फेला पारेको हो । 

बरामद लागूऔषध सहित उनलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखि थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *