नख्खुमा हिँडिरहेका डिएसपीलाई गाडीले हान्याे

मंसिर २५, काठमाडौँ । काठमाडौँ महानगरपालिका–१५ स्थित नक्खुमा गाडीले ठक्कर दिँदा डिएसपीसहित दुई जना घाइते भएका छन् । 

सडकमा हिँडिरहेका बेला बा ९ च ९११२ नम्बरको गाडीले ठक्कर दिँदा उपराष्ट्रपति कार्यालयमा कार्यरत् राष्ट्रिय अनुसन्धान विभागका प्रहरी नायब उपरीक्षक (डिएसपी) ५१ वर्षीय मुकुन्द खड्का र भोजपुर घर भई काठमाडौं बस्ने २७ वर्षीय महिन्द्रकुमार राई घाइते भएका हुन्। 

घाइते डिएसपी खड्काको मुखमा सामान्य चोट लागेको छ अर्का घाइते राई बोल्न नसक्ने अवस्थामा छन् । उपचारका लागि दुवै घाइतेलाई अल्का अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *