एसपी बढुवा गर्न नियमावली संशोधन हुँदै

काठमाडौं । नेपाल प्रहरीमा तीन महिनादेखि रिक्त १५ एसएसपीको दरबन्दी पूर्ति गर्न सरकारले प्रहरी नियमावली संशोधन गर्न लागेको छ । अहिलेको नियमावलीअनुसार हालका कुनै पनि एसपीलाई बढुवा गर्न नमिल्ने भएपछि गृह मत्रालयले नियमावली संशोधन गर्न लागेको हो ।  

एसपीबाट एसएसपी हुन चार वर्ष पदावधि पुग्नुपर्ने मापदण्ड छ । तर, यो मापदण्ड पुगेको एसपी एउटै पनि नहुँदा बढुवा प्रक्रिया नै रोकिएको छ । अब तीन वर्ष एसपी बनेपछि एसएसपीमा बढुवा हुने मापदण्ड राखेर नियमावली संशोधन गर्न लागिएको हो ।  आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।  

नियमावली संशोधनका लागि कानुन मन्त्रालयले समेत सहमति दिइसकेको गृह मन्त्रालयले जनाएको छ । लोकसेवा आयोगको रायपछि नियमावली मन्त्रिपरिषद्मा पेस गर्ने तयारीमा छ ।  

null

पद रिक्त राख्दा संगठनलाई असर पर्न सक्ने र प्रहरीको मनोबल पनि खस्किने भएकाले नियमावली संशोधन गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ । पूर्वएसएसपी यादवराज खनालले दायर गरेको रिटमा सर्वाेच्च अदालतले पनि बढुवाबाट पूर्ति हुने कुनै पनि पदमा तीन महिनाभित्र बढुवा गर्न सरकारलाई आदेश दिएको थियो । तीन महिनाभित्र बढुवा नगरे बढुवा समितिका पदाधिकारीलाई कारबाही गर्नसमेत सर्वाेच्चले आदेश दिएको थियो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 10 =