नेकपा नेता दीपक भण्डारी सम्पर्कविहीन

 

पुस ५, भद्रपुर । नेकपाका मेचीनगर नेता दीपक भण्डारी हिजो बिहानदेखि सम्पर्कविहीन भएका छन् । 

तत्कालीन नेकपा एमालेको मेचीनगर अध्यक्ष, धुलावारी जेसिसका पूर्वअध्यक्ष, हिमालयन मल्टिपल कलेजका निर्देशकलगायत थुपै्र जिम्मेवारीमा रहेका भण्डारी मेचीनगर–१० स्थित आफ्नै घर नजिकबाट बुधबार बिहान करीब साढे ९ बजेदेखि सम्पर्कविहीन भएपछि खोजी शुरु भएको छ । 

null

“हिजो बिहान साढे ९ बजेतिर कलेज जान्छु भनेर घरबाट बाहिर निस्कनुभएको थियो, त्यसपछि उहाँसँग सम्पर्क हुनसकेको छैन”, उनकी पत्नी गीता भण्डारीले बताइन् । 

नेता भण्डारीले आफ्नो मोटरसाइकल र दुई थान मोबाइल घरमै छोडेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले उनी सम्पर्कविहीन भएको खबर आएलगत्तै खोजी कार्यका लागि प्रहरी परिचालन गरिएको जानकारी दिए । 

बुधबार बिहान ८ बजेतिर घर नजिक रहेको हिमालयन मल्टिपल कलेजमा आएर नेता भण्डारी फकिएको कलेजका सञ्चालक भाष्कर निरौलाले बताए । प्रहरी नायब उपरीक्षक श्रेष्ठले नेता भण्डारीको मोबाइलको कल डिटेल लिने र उनीसँग आर्थिक कारोवार भएकाहरुसँग बुझ्ने कार्य भइरहेको जानकारी दिए ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − fifteen =