यी जनावरको मूर्ती घरमा राख्दा यस्तो फल प्राप्त हुन्छ

 

हामीले घरमा सजावटको लागी होस या फेरी कुनै धर्म समबन्धी होस् । धेरैको घरमा बिभिन्न प्रकारको मुर्ती राख्ने गरेको पाईन्छ । यसले घरको शोभा बढाउन पनी मदत गर्छ । बस्तु शास्त्र अनुुसार हामीले कुन भगवान् अथवा जनावरको मुर्ती राख्ने भन्ने बारेमा थाहा पाएमा त्यसले हाम्रो जिवनमा आउने समस्याहरुबाट नी बचाउन मदत गर्दछ । धेरैलाई थाहा नहुन सक्छ घरमा कुन मुर्ती राख्दा त्यसले के फल प्राप्त हुन्छ भनेर आज हामी तपाईलाई घरमा कुन मुर्ती राख्दा के फल प्राप्त हुन्छ त्यो बताउने छौं । 

१‍ गाईको जोडी : दुई गाई अर्थात गाई र गोरु अथवा गाई र बाच्छीको मूर्ति घरमा राख्नु भगवान कृष्णको शक्तिका लागि उत्कृष्ट मानिने गरिन्छ। शास्त्रमा भन्ने गरिन्छ, जसलाई भगवान कृष्णको कृपा चाहिन्छ उसले गो सेवा गर्नु । यसले घरमा प्रेम, शान्ति र संस्कार ल्याउने गर्दछ। 

null

२. हात्तिको जोडी : हात्तिलाई माता लक्ष्मीको वाहान मानिने गरिन्छ । शास्त्रका अनुसार लक्ष्मीको सबै भन्दा शुभ स्वरुप हात्तिमा बिवराजित हुने गर्दछ । उनलाई गज लक्ष्मी भन्ने गरिन्छ। त्यसैले हात्तिको जोडी घरमा राख्दा लक्ष्मीको वास हुने विश्वास गरिन्छ। 

३. कछुवाको जोडी : घरमा कछुवाको जोडी राख्दा सुख, शान्ति र सम्पन्नता स्थायी हुने विश्वास गरिन्छ। कछुवाको उमेर सबैभन्दा बढी हुने गर्दछ, त्यसैले यसलाई स्थायी सम्पन्नता दिने विश्वास गरिन्छ। 

४. घोडाको जोडी : यदी घरमा घोडाको जोडी छ भने त्यसले शक्ति, स्फुर्ति र सक्षमता दिने गर्दछ । घोडालाई शक्तिको प्रतिक मानिने गरिन्छ। 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *