ग्लोबल आइएमई बैंकको गैंडाकोट शाखा कार्यालयको औपचारिक समुद्घाटन 

पुस १६, काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आज सोमबार नवलपरासी बर्दघाट सुस्ता–पूर्व जिल्लाको गैंडाकोट स्थित शाखा कार्यालयको औपचारिक समुद्घाटन गरेको छ । गैंडाकोट र त्यस वरपरका बासिन्दालाई सेवा पुर्याउने उद्धेश्यले खोलिएको शाखाको माननिय प्रदेश सांसद श्री कृष्ण चन्द्र नेपालीले औपचारिक रुपमा समुद्घाटन गरे । 

 

उक्त शाखाको औपचारिक समुद्घाटन गर्दै सांसद नेपालीले गंैडाकोट लगायत देशका अन्य गाँउपालिकाहरुमा ग्लोबल आइएमई बैंकले बिस्तार गरेको सेवा सञ्जालले देशको समग्र आर्थिक बृद्धीमा उल्लेखनिय टेवा पुगेको बताए । त्यसैगरी कार्यक्रममा बिशिष्ट अतिथी एवम् गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले बैंकले गैंडाकोटको आर्थिक समृद्धीमा थप सहयोग गरेको बताए । यसैगरी ग्लोबल आइएमइ बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले सो क्षेत्रमा जम्मा भएको रकम सोही क्षेत्रमा प्रयोग गर्ने बताए । 

null

आफुहरु सधैँ आर्थिक समृद्धीको लागि अगाडी बढ्ने भन्दै साझेदारीको सिद्धान्तलाइ अंगिकार गर्न लागि पर्ने बताए । साथै गैंडाकोट र वरपरका क्षेत्रलाई इन्भेष्टमेन्ट हवको रुपमा स्थापित गर्ने लक्ष्य रहेको पनि बताए र ग्लोबल आइएमई बैंक लि. सुविधा सम्पन्न स्थानमा मात्र नभएर विकट क्षेत्रमा समेत पुगेर आफ्नो सेवा प्रदान गरिरहेको जानकारी गराउँदै सबै वर्ग र क्षेत्रलाई बैंकिङ्ग पहुँचमा ल्याउने बैंकको प्राथमिक उद्धेश्य रहेको बताए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *