शर्मिलाको भट्टीमा दिपाश्रीको आईटम डान्स

२०७५ पुस ३ गते

पुष ३ काठमाडौँ । सानो पर्दा देखी नै निकै चर्चित बनेर अहिले ३ वटा सुपरहित फिल्म निर्देशन सम्म गरी सकेकी दिपाश्री निरौलाको दर्शकले अब आउने फिल्ममा आईटम डान्स हेर्न पाउँने भएका छन् ।
डान्स गर्न एकदम रुचाउने दिपाले गीत ‘आगो’ छ भन्ने सुनेपछी सो आईटम डान्स गर्न राजी भएको बताईन् । नयाँ फिल्म ‘हजार जुनी सम्म’ मा ‘कलकलकल पिरतीको धारो, आज नगद भोली उधारो’ भन्ने बोलको गितमा दर्शकले दिपाको ठुम्का हेर्न पाउँनेछन् ।
null
निरौला आफूलाई मिल्ने खालको गीत आएमा अरु फिल्ममा पनी आईटम डान्स गर्ने बताउँछिन् । फिल्म निर्देशनमा लागेपछि आफूले डान्स गर्न नपाएको पनि गुनासो गरिन् । निर्देशक विकासराज आचार्यले यस फिल्मकाे गीत सुनेपछि यो गितमा डान्स गर्न दीपाश्रीलाई नै सुट हुने भएकोले यो आईटम डान्समा दिपालाई राखिएको बताए ।

२०७५ पुस ३ गते
प्रतिक्रिया
सम्बन्धित