विवादास्पद कर फर्छ्यौट आयोग ऐन खारेजीको प्रक्रिया सुरु, संसदमा प्रस्ताव दर्ता


पुस ९, काठमाडौँ । सरकारले विादास्पद कर फछर्यौट आयोग ऐन २०३३ खारेजीको प्रक्रिया अघि बढाएको छ ।
सरकारका तर्फबाट कानुन मन्त्रालयले आइतबार दर्ता गरेको केही नेपाल ऐन संशोधन विधेयकमा आयोग गठन विधेयक खारेजीको प्रस्ताव गरिएको हो ।
null
राजस्व बोर्ड गठनसम्बन्धी कानुनमा करसँग सम्बन्धित विषय निरूपणका लागि दीर्घकालीन संयन्त्रको प्रस्ताव गरिएसँगै ऐन खारेज गर्न लागिएको हो।
आयकर ऐन २०५८ को कार्यान्वयनसँगै स्वयम् घोषणा पद्धतिमा कर प्रणाली रूपान्तरण भएको र कर विवाद निरूपणका लागि अन्य कानुनी बाटो रहेको भन्दै सरकारले खारेजीको प्रस्ताव गरेको हो।
सरकारका तर्फबाट आइतबार दर्ता विधेयकले आयोग गठन ऐन खारेजसँगै अन्य ५५ ऐन संशोधनको प्रक्रिया पनि अघि बढाएको छ। आउँदो फागुन २१ गते भित्र संविधानसँग बाझिएका कानुन समायोजन गर्नु पर्ने व्यवस्था अनुसार संशोधनको प्रक्रिया अघि बढाएको हो ।
विधेयकमार्फत् सवारी तथा यातायात व्यवस्था ऐन, राष्ट्रिय प्रसारण ऐन, नेपाल कानुन व्यवसायी परिषद् लगायतका ५५ वटा ऐन एकैपटक संशोधन हुँदैछन्।
