काठमाडौँको टोखामा मोटरसाइकल दुर्घटना, एकको मृत्यु अर्का घाइते
२०७५ मंसिर २३ गते

मंसिर २३, काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका–६ मिलनचोकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।
गएराति (शनिबार) पौने १२ बजे टेलिफोनको तार भएको पोलमा मोटरसाइकल ठोक्किदा बा६५प ८०६५ नं को मोटरसाइकल चालकको मृत्यु भएको हो ।
गोरखा घर भई बसुन्धारा बस्दै आएका २१ वर्षीय सुवास सुर्खेतीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिए । गोरखाकै १८ वर्षीय सुदीप सुर्खेती भने घाइते भएका छन् ।
null
महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईँले पोलमा ठोक्किएर गम्भीर घाइते सुर्खेतीको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताए ।
दुवै जनाले मादक पदार्थ सेवन गरेको अनुसन्धानमा खुलेको र घाइते सुर्र्खेतीको सोही अस्पतालमा उपचार भइरहेको छ ।
२०७५ मंसिर २३ गते
प्रतिक्रिया
सम्बन्धित








