अपडेटः उद्योगी फिदा हुसेनको हत्या, स्थानीयद्वारा प्रदर्शन

मंसिर ५, सुनसरी ।  सुनसरीको दुहबीमा ईटा उद्योगमा कार्यरत म्यानेजरमाथि गोली प्रहार भएको छ । दुहबी ९ छाताबेलीमा रहेको जय बाबा इटा उघोगमा ड्युटी गईरहेको बेला नहरमा उघोगका म्यानेजर ५४ बर्षिय फिदा हुसेनमाथि गोली प्रहार भएको हो । 

उनलाई उपचारको लागी नोबेल अस्पताल बिराटनगर लैजाँदा बाटोमै मृत्यु भएको छ। उनलाई आज बिहान ६.३० को समयमा अज्ञात समुहले गोली प्रहार गरेको हो । 

गोली प्रहार गर्ने समुहको खोजी कार्य शुरु गरिएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ । 

null

 

अज्ञान व्यक्तिले उद्योगी हुसेनमाथि एकाबिहानै गोली हानी हत्या गरेपछि स्थानीय तथा सो क्षेत्रका उद्योगी व्यवसायी आन्दोलित भएका छन् । अहिले सुनसरीको दुहबी क्षेत्रको राजमार्ग बन्द गर्दै स्थानीयले प्रदर्शन गरिरहेका छन् । बन्दकर्ताले सडक अवरुद्ध गरी टायर बालेर प्रदर्शन गरेका हुन् । 

उनीहरुले घटना घटेलगत्तै प्रहरीलाई सम्पर्क गरेपनि प्रहरीले अपराधी पक्राउ गर्न तदारुकता नदेखाएको भन्दै आक्रोश व्यक्त गरेका छन् । 

तस्विरः अासिफ धरान 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *