गृहमन्त्रीकै अगाडि पूर्वलडाकुद्वारा विष खाएर आत्महत्याको प्रयास

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ कै कार्यकक्षमा बुधबार एकजना पूर्वलडाकुले विष सेवन गरी आत्महत्याको प्रयास गरेका छन् । कालीकोट घर भएका पूर्वलडाकु ३२ वर्षीय कुलप्रसाद भट्टराईले बुधबार दिउसो ४ बजेर १० मिनेट जाँदा गृहमन्त्री थापाकै कार्यकक्षमा विष सेवन गरेको गृह मन्त्रालय उच्च स्रोतले जानकारी दिएको छ । 

  

आफ्नो समस्या राख्नुछ भन्दै गृह मन्त्रालय पुगेका भट्टराईले गृह मन्त्रीलाई भेट्दा आफू ठूलो मानसिक तनावमा रहेको र युद्धका कारण जीवन बर्वाद भएको दुखेसो पोखेका थिए । 

null

स्रोतले भन्यो, “गृहमन्त्रीसँग गुनासो गर्दागर्दै उनले गोजीबाट मेटासिट निकालेर सेवन गरे । उनले त्यो भन्दाअघि पनि बाहिरै विष सेवन गरेको हुनसक्ने अनुसन्धानबाट खुलेको छ । विष सेवन गरेपछि गृहमन्त्रीको निर्देशनमा सुरक्षाकर्मीले नियन्त्रणमा लिएर अस्पताल पुर्याएको छ ।” 

  

उनको अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =