कस्तो अनौठो शर्त, पुरा नभए दुलहीले बिहे नै नगर्ने

२०७५ मंसिर ३ गते

भारत, मंसिर ३ । भारतमा मध्यप्रदेशको नागदा जिल्लाकी दीपिका सोनी नामकी दुलहीले आफ्ना हुनेवाला पतिको अगाडि शर्त राखिन् कि २८ नोभेम्बरमा हुने मतदानको दिन मतदान गर्न माइती जान दिनेभए बिहे गर्छु नभए बिहे नै गर्दिन । दीपिकाको शर्त पति र परिवारले मानेपछि मात्र विवाहको कार्यक्रम सुरु भयो ।
आइतबार बिहेको लागि शर्त राखेकी दीपिकाको आज विवाह भएको छ । दीपिकाको बिहे राजस्थानको झालावाड जिल्लाका नितेशसँग पक्का भएको थियो । विवाहको लगि आज १९ नोभेम्बरको दिन शुभ साइत निकालिएको थियो ।
अहिले मध्यप्रदेशमा चुनावी माहोल छ र दीपिकाको मतदान गर्ने इच्छा भएपछि उनले यस्तो शर्त राखेकी थिइन् । दीपिकाका अनुसार उनलाई मतदान गर्ने प्रेरणा पिता ओमप्रकाश सोनी र आमा शारदाबाट प्राप्त भएको हो । दीपिकाले १८ वर्ष उमेर हुनासाथ मतदाता परिचय पत्र बनाएकी थिइन् । एजेन्सी
null

२०७५ मंसिर ३ गते
प्रतिक्रिया
सम्बन्धित