मन्त्रीमाथि आक्रोश पोख्दै प्रधानमन्त्रीले भने– ‘यस्तो पाराले कसरी अघि बढ्न सकिन्छ ?’

मंसिर ५, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न मन्त्रालयका मन्त्री तथा सचिवहरुप्रति आक्राश व्यक्त गरेका छन् । 

बुधबार सिंहदरबारमा बसेको आर्थिक वर्ष २०७५/०७६ को स्वीकृत कार्यक्रम एवम् बजेट कार्यान्वयन सम्बन्धि प्रथम चौमासिक समिक्षा बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले जनअपेक्षाअनुसार काम नगरेको भन्दै आक्रोश व्यक्त गरेका हुन् । 

जनअपेक्षा पूरा गर्न कोही कसैले विलम्ब गर्न नहुने उनको भनाइ थियो । ‘देश विकास र जनताको काम गर्न कसैले पनि ‘तर, पनि, यदि’ जस्ता शब्द प्रयोग गरेर उम्कन पाउँदैनन्’, उनले भने ।  

null

प्रधानमन्त्री ओलीले परिणाम दिने गरी काम गर्न कर्मचारी र मन्त्रीहरूलाइ निर्देशन समेत दिएका छन् । ‘एउटा टेबलबाट अर्को टेबलमा फाइल सर्न कैयौं दिन लाग्ने, सिंहदरबारको एउटा कार्यालयबाट अर्को कार्यलयमा पत्र पुग्न महिनौं लाग्ने, यो पाराले कसरी अघि बढ्न सकिन्छ ?’ उनले प्रश्न गरे । 

सरकार गठनको नौ महिना सम्म पनि पुरानै ढाँचा नहटेकोमा प्रधानमन्त्री ओलीले असन्तुष्टि व्यक्त गर्दै अब कहिँ कतै ढिलासुस्ती स्वीकार्य नहुने बताए । 

आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात सचिव मधुसुधन अधिकारी, सञ्चार तथा सुचना प्रविधि मन्त्तालयका सचिव महेन्द्रमान गुरुङ, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव सञ्जय शर्मा र अनुपकुमार उपाध्याय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय सचिव युवकध्वज जिसी र प्रकाश माथेमा, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव यामकुमारी खतिवडा र चन्द्र घिमिरे, सहरी विकास मन्त्रालयका सचिव रमेशकुमार सिंह र पुननिर्माण प्राधिकरणका सचिव अर्जुन कार्कीले आ–आफ्नो मन्त्रालयको चौमासिक प्रगति विवरण पेश गरेका छन् । 

प्रधानमन्त्रीले मन्त्रालयहरुको प्रगति विवरण लिने क्रम भोली पनि जारी रहने प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =