समयमा पुगेन दमकल, पेट्रोलियम पदार्थले लियो ज्यान !

मंसिर १०, विराटनगर । झापाको शिवसताक्षी—७ लालझोडामा आईतबार राती अचानक घरमा सल्केको आगलागीमा परि २ नाबालकसहित एकै परिवारका ४ जनाको मृत्यु भयो । 

मृतक ३४ वर्षीय लक्ष्मण खनाल ट्रयाक्टर र थ्रेसर चलाउँदै आएको स्थानीयले जानकारी दिए । खनालको उनको २ तले काठको घरमा पेट्रोलियम पदार्थ समेत राख्ने गरिएको थियो । 

पेट्रोलियम पदार्थकै कारण आगो चाँडै सल्केर मानवीय क्षति भएको प्रहरीको अनुमान छ । शिवसताक्षी नगरपालिकामा वारुणयन्त्र समेत नभएका कारण दमक नगरपालिकाबाट आगो निभाउन पुगेको दमकल घटना भइसकेपछि मात्र पुगेको थियो । 

null

 

आगलागीले घर पूर्णरुपमा जलेकाले आगलागीको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले बताए । राती करिब साढे १० वजे स्थानीय खनालको घरमा आगो लागेको छिमेकीले देखेका थिए । 

 

आगो देखेपछि निभाउन स्थानीयहरु पुगेपनि लक्ष्मणसहित उनका परिवारलाई बचाउन भने नसकेको वडा नम्बर ७ का अध्यक्ष नवीन इजमले जानकारी दिए । 

 

आगलागीमा परि ३४ वर्षीय लक्ष्मण खनाल, उनकी श्रीमती २९ वर्षीय राधिका, ४ वर्षीया छोरी चन्द्रा र ५ महिनाका छोरा टिकारामको मृत्यु भएको हो । 

 

त्यस्तै छिमेकी घरकी ३७ वर्षीया गीता ढुङ्गेल पनि घाइते भएकी छिन् । उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल ल्याइएको जनाइएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *