कैलाश विकास बैँकबाट रकम निकाल्ने राजकिशोर पक्राउ
२०७५ मंसिर ५ गते

काठमाडौँ, ५ मङ्सिर । नेपाल प्रहरीले अर्काको नाममा रकम निकाल्ने एकजनालाई पक्राउ गरेको छ ।
प्रहरीले प्रकाश शर्माको स्यूचाटार बचत तथा ऋण सहकारी संस्थाको चेकबाट सोही संस्था हुँदै कैलाश विकास बैँक कलङ्की शाखाबाट रु पाँच लाख निकाल्ने सर्लाहीका २८ बर्षीय राजकिशोर मण्डललाई मङ्गलबार राति पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
मण्डल सुन्धारास्थित हिलटन गेष्ट हाउसबाट पक्राउ परेका हुन् । सोही समयमा मण्डलसँगै बसेका विकास लामालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले मण्डलको साथबाट एक थान मोबाइल र रु एक लाख ६ हजार ८९२ नगद समेत बरामद गरेको छ ।
null
२०७५ मंसिर ५ गते
प्रतिक्रिया








