आज मोहम्मद डे, नेपालसहित विश्वभर मनाइँदै (फोटो फिचर)

बिराटनगर, मंसिर ५ । नेपाल सहित विश्वभरका ईस्लाम धर्मालम्वीहरुले बुधबार ईस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको १४४० औं जन्म जयन्ती मनाइरहेका छन् । 

हजरत मोहम्मदको जन्म ईस्लामी पात्रो हिजरी सम्वतको रब्बीअव्वल महिनामा साउदी अरबको मक्कामा बिबि आमिनाको कोखबाट भएको बताइन्छ । उनको निधन ६३ वर्षको उम्मेरमा साउदीकै मदिनामा भएको थियो । 

 

null

मोहम्मदको जन्मदिनमा बिभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गरिएको मौलाना कलिमुल्लाह खानले बताए । बिराटनगरका मुस्लिम धर्म गुरुहरुले आजका दिन मोहम्मद डे विश्वभर मनाइने गरेको बताएका छन् । 

 

उनीहरुले आजको दिन मुस्लिम समुदायले मनाउने अन्य पर्वहरु भन्दा ठूलो पर्व रहेको बताए । धर्मगुरुहरुले मोहम्मद डेका दिन बिभिन्न कार्यक्रमहरु गरी मनाइएको बताए । बिराटनगरका मुस्लिम अगुवाहरुले पनि आजको दिन बिशेष रुपले मनाइने गरेको बताए । 

 

बिराटनगरका मुस्लिम अगुवा मुस्सरफ खानले मोहम्मद डे का दिन विश्वभर हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म दिन मनाइने, सो दिन बृहत रर्याली  निकालिने र बिभिन्न परिकारका भोजन गरि मनाइने जानकारी दिए । 

 

त्यस्तै मुस्लिम अगुवा तथा मोरङ मुस्लिम समाजका प्रवक्ता वसिम आलमले हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामले संसारमा शान्ति स्थापना गर्न र एक आपसमा भाईचारा अभिबृद्धि र एक अर्काका लागि राम्रो कामको कामना गर्नुपर्ने सन्देश दिएका कारण मुस्लिम समुदायका लागि आजको दिन महत्वपूर्ण रहेको जानकारी दिए । 

 

आज बिराटगरमा रहेका मुस्लिम समुदायले हजरत मोहम्मदको जन्म दिनको अवसरमा बृहत रर्यालीको आयोजना गरेका छन् । रर्यालीमा उपस्थित मुस्लिम अगुवाहरुले मोहम्मद डे को अवसरमा सरकारले सार्बजनिक बिदा दिनुपर्ने माग गरेका थिए । 

 

मुस्लिम अगुवाहरुले मुस्लिम आयोग गठन गर्नुपर्ने, मोहम्मद जयन्तीमा सार्बजनिक बिदा दिनुपर्ने, हज कमिटीलाई व्यवस्थित बनाउनुपर्ने, मदरसा अन्य सरकारी विद्यालय सरह हुनुपर्ने लगायतका माग राखेका थिए ।  

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *