मंगल ग्रहको सतहमा पुग्यो रोबोर्टसहितको यान, खुल्ला त अर्बौं वर्ष पुरानो राज ?

मंसिर १०, काठमाडौँ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मंगलग्रहमा जीवको सम्भावना, यसको उत्पति, पृथ्वीसँगको समानता र यस मार्फत् सौर्यमण्डलको थप जानकारी लिने उद्देश्येले पठाएको रोबोर्टसहितको अन्तरिक्ष यान इनसाइट मंगल ग्रहमा पुगेको छ । 

अन्तरिक्ष यान इन्साइट ल्यान्डर नेपाली समयानुसार मंगलबार राती करिब पौने दुई बजे मंगलग्रहमा पुगेको हो । मंगल ग्रहका लागि पठाइएको यो नयाँ रोबोटले सात मिनेटमा ल्यान्डिङ गर्यो । 

नासाको इन्साइट मिशनको लक्ष्य मंगलको जमिन र आन्तरिक भागको अध्ययन गर्नु हो र पृथ्वीबाहेक यो एक्लो ग्रह हो जसको नासाले यस्तो अध्ययन गर्दैछ । 

null

 

यसको ल्याण्डिङको क्रममा सात मिनेट निकै तनावपूर्ण बित्यो । उक्त यानले चरणबद्ध रुपमा धर्तीमा सन्देश पठाइरहेको थियो । क्यालिफोर्नियामा रहेको नासाको यो मिसन कन्ट्रोल गर्ने जेट प्रोपुल्सन ल्याबुरेटरी (जेपिएल) मा रोबोर्ट मंगल ग्रहमा अवतरण भएको खुशीयाली मनाईएको छ । नासाले यो दिन उत्कृष्ट रहेको बताएको छ । 

रेड प्लानेटको सतहमा पुगेको इनसाइट ल्याण्डर यानको रोबोर्टले ग्रहको भित्री क्षेत्रका बारेमा अध्ययन गर्नेछ । पृथ्वीपछि पहिलोपटक अरु कुनै ग्रहको यस्तो अध्ययन हुन लागेको हो । 

उक्त यान एलिसियम प्लानिशिया नामको समथर मैदानमा अवतरण भएको छ जुन यो रातो ग्रहको भूमध्य रेखा नजिक छ । 

अहिलेका लागि वैज्ञानिक यो यानमार्फत वरिपरिको जानकारी र तस्बिरको प्रतिक्षा गरिरहेको छ । यी सबै जानकारी केही घण्टाभित्र धर्तीमा आउने सम्भावना छ । 

 

मंगलमा अवतरणका लागि सात मिनेट निकै महत्वपूर्ण मानिएको थियो । यसका लागि यानले आफ्नो गती २० हजार किलोमिटर प्रतिघण्टासम्म कम गर्नुपर्दथ्यो । इन्साइटले मंगल ग्रहबारे यस्ता जानकारी दिनसक्छ जुन अर्बौं वर्षदेखि पत्ता लाग्न सकेको छैन । 

आफ्नो अभियानको क्रममा यो यानले मंगलग्रहमा एउटा साइज्मोमिटर राख्नेछ जसले यसभित्रको हलचल रेकर्ड गर्नेछ । यसले मंगल ग्रहभित्र भूकम्पजस्तो कुनै हलचल हुन्छ कि हुँदैन भनेर पत्ता लगाउनेछ । 

यो पहिलो यान हो जसले मंगलग्रहलाई खनेर यसबारे रहस्यमयी जानकारी जुटाउनेछ । साथै, एक जर्मन उपकरण पनि मंगल ग्रहको जमिनको पाँच मिटर मुनी गएर तापक्रमबारे जानकारी दिनेछ । ग्रहको यो तापक्रममार्फत मंगल अहिले पनि कति सक्रिय छ भन्नेबारे पत्ता लाग्नेछ । 

यसको तेस्रो प्रयोगमा रेडियो ट्रान्समिशनको प्रयोग हुनेछ जसमार्फत यो ग्रह आफ्नो अक्षरेखामा कसरी घुम्छ भनेर पत्ता लाग्छ । 

यो अभियानसँग सम्बन्धित एक वैज्ञानिक सुजेन स्म्रेकर भन्छिन्, ‘तपाईं एउटा काँचो र पाकेको अण्डा लिनुहोस् । दुबैलाई घुमाउँदा त्यो भिन्न तरिकाले घुम्छ किनभने त्यसभित्रको तरल पदार्थ भिन्न हुन्छ । आजसम्म हामीलाई थाहा छैन कि मंगलभित्र तरल पदार्थ छ कि ठोस् छ । साथै, यसको भित्री भाग कति ठूलो छ त्यो पनि थाहा छैन । इन्साइटले हामीलाई त्यो जानकारी उपलब्ध गराउनेछ ।’ 

एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *