तामाङ महिला घेदुङ धरानको अध्यक्षमा प्रतिमा

मंसिर ७, धरान । नेपाल तामाङ महिला घेदुङ, धरानको अध्यक्षमा प्रतिमा पाख्रिन चयन भएकी छिन । नेपाल तामाङ महिला घेदुङ, धरानको चौथो साधारण सभा तथा तेश्रो अधिवेशनवाट पाखिन सर्वसम्मत चयन भएकी हुन् । समितिका अन्य पदाधिकारी तथा सदस्यहरु समेत सर्वसम्मत चयन भएका छन् ।  

समितिको उपाध्यक्षमा गंगा योञ्जन, सचिवमा समा पाख्रिन, सह–सचिवमा तारा पाख्रिन, कोषाध्यक्षमा मिना योञ्जन चयन भएका छन् । भने, सदस्यहरुमा अरुणा तामाङ, शिरिमाया घिसिङ, शिरिमाया मोक्तान, गोमा गोले, चांदमाया तामाङ, गंगा तामाङ, फुलमाया मोक्तान, दिलकुमारी योञ्जन, शोभा तामाङ, गिता गोले, इन्दिरा गोले, निशा पाख्रिन, निर्मला तामाङ र माया गोले चयन भएका छन् ।  

त्यसैगरी नेपाल तामाङ महिला घेदुङ, धरान ८ इकाई पनि सर्वसम्मत चयन भएको छ । इकाई ८ को अध्यक्षमा चण्डीमाया तामाङ, उपाध्यक्षमा शोभा बम्जन, सचिवमा शुष्मा पाख्रिन, सह–सचिवमा नम्रता पाख्रिन, कोषाध्यक्षमा कुमारी वल, सदस्यहरुमा कमला तामाङ, सुमित्रा गोले, टिका बम्जन, अस्मिता पाख्रिन, चित्रा पाख्रिन र मिना बम्जन रहेका छन् । 

null

नेपाल तामाङ महिला घेदुङ, धरानको अध्यक्ष नन्दु पाख्रिनको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल तामाङ घेदुङका केन्द्रिय सल्लाहकार सुजेन्द्र गोले तामाङ, जिल्ला अध्यक्ष सुरज पाख्रिन, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ, धरानका अध्यक्ष चन्द्रकला प्रधान, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ, धरानका पूर्व अध्यक्ष रमला पाख्रिन, नेपाल तामाङ महिला घेदुङ, धरानका उपाध्यक्ष पञ्चमाया मोक्तान लगायतले मन्तव्य राखेका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − one =