मेक्सिकोतर्फको सीमा बन्द गर्ने ट्रम्पको धम्की, शान्ति सुरक्षामा बाधा पुगेको निष्कर्ष

मंसिर ७, मेक्सिको । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको मेक्सिकोसँगको सबै सिमाना बन्द गरिदिने चेतावनी दिएका छन् । 

अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा मध्य अमेरिकी देशहरूबाट आप्रवासीको आगमन जारी रहेको र त्यस क्रममा शान्ति सुरक्षामा बाधा पुगेको भन्दै उनले सो चेतावानी दिएका हुन् । 

साथै अमेरिकी राष्ट्रपति ट्रम्पले मेक्सिकोसँगको व्यापारसमेत बन्द गरिदिने धम्की दिएको जनाइएको छ । 

null

आवश्यक परिस्थतिअनुसार सीमास्थित सुरक्षा फौजलाई शक्ति प्रयोग गर्न समेत आफूले अनुमति दिएको ट्रम्पले बताएका छन् । 

मेक्सिकोको सीमा क्षेत्रबाट प्राय हन्डुरसका आप्रवासी हजार किलोमिटर यात्रा गरेर मेक्सिकोतर्फ आइपुगेका छन् । यसरी बलजफ्ती आउने क्रममा उनीहरुलाई रोक लगाउन सीमा बन्द गरिने उनले चेतावनी दिएका हुन् । 

ती अमेरिकी देशहरुमा परेका विभिन्न समस्याका कारण आफ्नो देशमा व्याप्त आर्थिक कठिनाई तथा हिंसाबाट बच्न उनीहरू अमेरिका जान चाहन्छन् । 

स्थानीय अधिकारीहरूका अनुसार ती क्षेत्रहरुबाट अहिले पनि थप आप्रवासीहरू आउने क्रम जारी नै रहेको छ । यसरी उनीहरूलाई स्वतन्त्र रुपमा छोडिदिने हो भने यसरी आउनेहरुको कुल सङ्ख्या १० हजार पुग्नेछ । 

एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *