एनआईसी एशियाको भिषा डेबिट वा क्रेडिट कार्डमा Cash Back योजना शुरु

 

मंसिर १४, काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले भिसा डेबिट वा क्रेडिट कार्डमा Cash Back योजना सुरु गरेको छ । 

बैंकले नेपालभित्र भिषाको सहकार्यमा POS मेसिनमा एनआइसी बैंकको भिषा डेबिट वा क्रेडिट कार्ड प्रयोग गर्दा पैसा फिर्ता योजनाको शुरुवात गरेको हो । 

null

यो योजना डिसेम्बर २०१८ देखि जनवरी २०१९ सम्मको लागि मात्र लागु हुने बैंकले जनाएको छ । यस अवधिमा एनआईसी एशिया बैंकको भिषा डेबिट वा क्रेडिट कार्डका ग्राहकले POS मेसिन मार्फत् कुनै किसिमको सामान वा सेवा खरिद गर्दा पहिलो पाँचवटा कारोबारमा प्रत्येक महिना काराेबार अनुसारकाे Cash Back  पाउने छन् । 

यस सेवाका लागि ग्राहकले प्रथम कारोबारमा कारोबार रकमको दुइ प्रतिशत वा बढिमा एक सय, दोस्रो कारोबारमा कारोबार रकमको चार प्रतिशत वा बढिमा दुई सय, तेस्रो कारोबारमा कारोबार रकमको छ प्रतिशत वा बढिमा तीन सय नगद प्राप्त गर्नेछन् । 

त्यस्तै ग्राहकले चौथो कारोबारमा कारोबार रकमको आठ प्रतिशत वा बढीमा चार सय, पाँचौ कारोबारमा कारोबार रकमको दश प्रतिशत वा बढिमा पाँच सय Cash Back  पाउने सक्ने छन् । 

एक महिनामा प्रति कारोबारको आधारमा प्रत्येक ५ सफल कारोबारमा मात्र Cash Back हुने बैंकले जनाएको छ । 

यस योजनाबाट बैंकको ४५०,००० भन्दा बढि भिषा डेबिट वा क्रेडिट कार्ड ग्राहकहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ । 

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २६८ शाखा कार्यालयहरु, २८० एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं १९ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । 

बैंकको वासलातको आकार रू. २११ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६९ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब रू. १४४ अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । 

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । यस किसिमको योजना यस बैंकले निकट भविष्यमा पनि ल्याई राख्ने बैंकले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *