स्थानियवासीको पहलमा ४० ओटा सडक बत्ती जडान

मंसिर १०, काठमाडौँ । राजधानीको चन्द्रागिरी नगरपालिका–१० सिम्चा सतुङ्गल स्थित सानो गणेश मन्दिर समाजले आफ्नो सेवा क्षेत्रको सडकमा सडक बत्ती जडान गरेको छ । 

टोल विकासले देउसी भैलोबाट संकलित आफ्नो १ लाख २० हजार लगानीमा टोल क्षेत्रको सडकमा ४० ओटा सडक बत्ती जडान गरेको हो । 

सानो गणेश मन्दिर समाजलले एक कार्यक्रमको आयोजना गरी सडक बत्तीको उद्घाटन गरेको हो । पूर्वयुवा तथा खेलकुद मन्त्री तथा प्रतिनिधिसभा सांसद राजेन्द्र केसीले स्वीच अन गरी सडक बत्तीको उद्घाटन गरेका हुन् । 

null

 

उद्घाटन कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सांसद केसीले समाज रुपान्तरणमा जनसहभागीता भयो भने मात्र विकास प्रतिफलमुखी हुने बताए । उनले समाज सभ्य बनाउन विकास निमार्णमा कसैले राजनीति गर्न नहुने धारणा राखे । 

कार्यक्रममा बोल्दै चन्द्रागिरि नगरका नगर प्रमुख घनश्याम गिरीले आगामी दिनहरुमा नगरले विकासमा भएको जनसहभागीता र योगदानको कदर स्वरुप विशेष प्राथमिकताको आधारमा सहयोग गर्दे जाने बताए । । उनले अपराध नियन्त्रणमा समेत सडक बत्ती फलदायी हुने विश्वास व्यक्त गरे । 

सडक बत्ती जडान पश्चात् ३ सय घरधुरी लाभान्वित हुनेछन् भने बाँकी दुई सय घरधुरीलाई ३० ओटा बत्ती जडान गर्ने कार्य छिटै सञ्चालन हुने कार्यक्रममा जानकारी दिइएको छ । 

टोल विकास संस्थाका अध्यक्ष टोकमान श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रमको सहजीकरण संस्थका सल्लाहकार रेशम दवाडीले गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *