हुसेन हत्या प्रकरणः यातायात सेवा ठप्प, यात्रुकाे बिचल्ली (फोटोफिचर सहित)

विराटनगर, मंसिर ५ । अज्ञात समूहले सुनसरीको दुहबीका स्थानीय मोहम्मद फिदा हुसेनको बुधबार बिहान गोली हानी हत्या गरेपछि दुहबी क्षेत्र तनावग्रसत बनेको छ । 

दुहबी–९ मा सञ्चालित जय बाबा इँटा उद्योगका सुपरभाइजर हुसेनलाई मोटरसाइकलमा आएका दुई व्यक्तिले दुहबी बजारभन्दा केही पर नहरको डिलमा गोली हानेका थिए । गोली लागी घाइते बनेका हुसेनलाई तत्काल उपचारका लागि अस्पताल लाने क्रममा बाटैमा मृत्यु भएको थियो । 

स्थानीयको प्रर्दशनपछि कोशी रार्जमागको इटहरी विराटनगर सडक ठप्प भएको छ । यातायातका साधन विचमै रोकिएपछि यात्रुहरुको भने विचल्ली भएको छ । हत्यारामाथि कारबाहीको माग राख्दै स्थानीयले दुहबी बजार समेत ठप्प पारेका छन । 

null

 

मुस्लिम समूदाय अगुवाहरुले भने मुस्लिम समुदायका व्यक्ति लक्षित गरी बारम्बार यस्ता घटना दोहोरिन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् । सुनसरीका एसपी राजन अधिकारीका अनुसार हुसेनको शव अहिले उनकै निवासमा राखिएको छ । 

 

मर्निङवाकमा निस्किएका ५४ वर्षीय हुसेनमाथि कसले र किन गोली हान्यो भन्ने खुलेको छैन । ‘हुसेनमाथि कसले र किन गोली हान्यो भन्ने खुलेको छैन’, एसपी अधिकारीले भने, ‘यसबारे हामीले अनुसन्धान गरिरहेका छौं ।’ 

 

स्थानीयबासीका अनुसार दक्षिणतर्फबाट नहरको बाटो हुँदै मोटरसाइकल चढेर आएका दुई व्यक्तिले हुसेनमाथि गोली हानेका थिए । हत्याराहरू सोही बाटो दक्षिणतिरै भागेको स्थानीयको भनाइ छ । हुसेन दुहबी नगरपालिका–९ का वडाध्यक्ष मेहेदी हुसेनका भाइ हुन् । 

 

यसअघि, सुनसरीको हरिनगरा–२ मा खुर्सिद आलमको यसैगरी गोली हानी हत्या भएको थियो । आलमको हत्या भारतीय समूहले गरेको बताइँदै आएपनि हत्यारा पत्ता लाग्न सकेको छैन । प्रहरीले घटनाबारे जानकारी पाएलगत्तै यसमाथि अनुसन्धान शुरु गरेको जनाएको छ । 

 

  

 

  

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *