लागुऔषध दुव्यर्सनी हामी सबैको साँझा शत्रु हो : कानूनमन्त्री नरेश

मंसिर ११, सुर्खेत। कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले लागुऔषध दुव्यर्सनी मानव समाजको क्यान्सर भएको बताए । 

प्रदेश प्रहरी श्रीमती सङ्घ, कर्णाली प्रदेशद्वारा आज प्रदेश राजधानी सुर्खेतमा आयोजित ‘लागुऔषध विरुद्धको जनचेतनामूलक’ समापन कार्यक्रममा बोल्दै कानूनमन्त्री भण्डारीले लागुऔषध दुव्र्यसनी समाजमा भयानक बन्दै गएको बताए । “लागुऔषध दुव्यर्सनी हामी सबैको साझा शत्रु हो,” उनले भने, “यसका विरुद्ध युद्धस्तरमा काम गर्न हामी सबै जुट्नुपर्छ ।” 

मानव समाजको कलङ्कका रूपमा देखापरेको यो विकृति विरुद्ध अभियान चलाउने प्रदेश प्रहरी श्रीमती सङ्घ, कर्णालीलाई धन्यवाद दिँदै कानूनमन्त्री भण्डारीले भने, “कर्णाली प्रदेश सरकारले यो प्रदेशलाई लागुऔषध प्रयोगविहीन प्रदेश स्थापनाको लक्ष्य लिएर चालु आवमा रु दुई करोड ५० लाख बजेट विनियोजन गरेको छ, यो डरलाग्दो प्रवृत्तिका बिरुद्ध तपाईं हामी ऐक्यबद्ध भएर लागौँ ।” 

null

कर्णाली प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक महेशविक्रम शाहले कर्णाली प्रदेशमा सबैभन्दा बढी लागुऔषध दुव्र्यसनी र मदिराका घटना भएको बताए । “लागुऔषध र मदिरालगायत सबैखाले बिकृति बिरुद्धको अभियान शहरमा मात्र होइन, गाउँ बस्तीसम्म पुरर्याउँछौं ।, ” प्रहरी नायब महानिरीक्षक शाहले भने । 

प्रदेश प्रहरी श्रीमती सङ्घका अध्यक्ष महिमा शाहले भोलिको होनाहार पुस्तालाई सही मार्गदर्शन गराउन लागुऔषध दुव्र्यसनी विरुद्धको जनचेतना अभियान थालिएको बताए । 

“हामीले यो अभियानबाट आध्यात्मिक, सांस्कृतिक, वैयक्तिक र सामाजिक परिवर्तन गर्ने लक्ष्य लिएका छौं,” अध्यक्ष शाहले भने, “देशका सात प्रदेश गरेर हालसम्म चार हजार ३७६ जनालाई उपचार गरी पठाइसकेका छौँ ।” 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *