‘छक्का पञ्जा ३’ ले अमेरिकामा बनायो नयाँ रेकर्ड
२०७५ कार्तिक २५ गते

कात्तिक २५, काठमाडौँ । कलिउड बक्स अफिसमा सर्वाधिक कमाइ गर्न सफल चलचित्र ‘छक्का पञ्जा ३’ ले अमेरिकामा नयाँ रेकर्ड बनाएको छ ।
दीपात्री निरौलाले निर्देशन गरेको चलचित्र ‘छक्का पञ्जा ३’ ले अमेरिकाको डालस टेक्सासमा लगातार १ महिना प्रदर्शन भएकाे चलचित्रको नयाँ रेकर्ड बनाएको हो ।
यसअघि ‘छक्का पन्जा, छक्का पन्जा २ र लुट २’ ३ सातापछि नियमित प्रदर्शन भएका थिए । यो चलचित्रले डालसमा मात्रै ६४ सो पाएको थियो भने अझै प्रदर्शन जारी रहेको डालसका लागि आधिकारिक वितरक नेप्सिेन र प्लानेट थ्री फिल्मसले जनाएको छ ।
null
नेपालमा १६ करोड भन्दा बढी ग्रस कलेक्शन गरेको यो चलचित्रमा दिपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, दीपिका प्रसाई, जितु नेपाल, वुद्दि तामाङ, निर शाह, अनुराग कुँवर लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
२०७५ कार्तिक २५ गते
प्रतिक्रिया
सम्बन्धित








