लैनचौरमा बन्ने भयो छ करोडकाे लगानीमा वडा कार्यालय भवन

मंसिर १२, काठमाडौँ । काठमाडौँको लैनचौरमा रु छ करोडको लगानीमा वडा कार्यालय भवन बन्ने भएको छ । 

कामपा–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले कुल नौ हजार वर्गफिटमा साढे तीनतलाको सुविधासम्पन्न भवन निर्माण हुन लागेको जानकारी दिए । “प्रत्येक तला दुई हजार ६०० वर्गफिटको हुनेछ, उक्त भवनभित्र प्रयोगशाला, पुस्तकालय, प्रशासनिक काम गर्ने कार्यालय र बैठक कोठा हुनेछन्”, अध्यक्ष तिवारीले भने । 

महानगरपालिकाको लगानीमा बन्न लागेको उक्त भवनको बोलपत्र आह्वानको कामसमेत सम्पन्न भइसकेको छ । एक हप्ताभित्र भवन निर्माणका लागि सम्झौता हुने वडाध्यक्ष तिवारीले बताए । एक रोपनी क्षेत्रफलमा बन्न लागेको उक्त भवन यही मङ्सिर अन्तिम हप्तासम्ममा शिलान्यास भइसक्ने वडाले जनाएको छ । 

null

– रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *