आईजीपीको दस्तखत कीर्ते गरेर ठगी गर्ने वाईसीएलका नेता पक्राउ

मंसिर १२, काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिन्छु भन्दै लिखित कागज तयार पारेर महानिरीक्षक सर्वेन्द्र खनालको नाम सहितको दस्तखत किर्ते गरी ठगी गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

वाईसीएलका पूर्वकेन्द्रिय सदस्य समेत रहेका पर्साको धोविनी गाउँपालिका वडा नं. ३ हरिहरपुर घर भई हाल वीरगञ्ज महानगरपालिका वडा नं. १३ डेरा गरी बस्ने २६ वर्षीय सन्तोष कुमार पाण्डेय (आलोक) ठगी आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो । 

सन्तोषले विभिन्न व्यक्तिलाई विश्वासमा पारेर ७ लाख भन्दा बढी रकम ठगी गरेको प्रहरीले जनाएको छ । पाण्डेयले प्रहरी महानिरीक्षक खनालको नामसहितको किर्ते दस्तखत गरेको नक्कली नियुक्त पत्र समेत विभिन्न व्यक्तिहरुलाई बाँडेर ठगी गर्ने गरेको अनुसन्धानमा खुलेको छ । 

null

पक्राउ परेका सन्तोषले बाराको सुवर्ण गाउँपालिका वडा नं. ५ बस्ने प्रदीप कुमार ठाकुरलाई राष्ट्रिय अनुसन्धानको प्रहरी जवान पदमा जागिर लगाइदिने भन्दै १ लाख ७० हजार ठगी गरेका थिए । 

त्यस्तै उनले महागढीमाई नगरपालिका वडा नं. २ बस्ने हरिन्द्र ठाकुरको छोरा उमेश ठाकुरलाई राष्ट्रिय अनुसन्धानको प्रहरी जवान पदमा जागिर लगाइदिने भन्दै १ लाख ५० हजार र महागढीमाई नगरपालिका वडा नं. १ बस्ने झगरु महतो कोईरीको छोरा धिरेन्द्र कुशवाहालाई राष्ट्रिय अनुसन्धानको प्रहरी सहायक निरीक्षक पदमा जागिर लगाइदिने भन्दै ४ लाख रकम ठग्न भ्याए । 

पाण्डेयविरुद्ध ठगी तथा लिखत सम्बन्धी कसुरमा कारबाही प्रक्रिया अगाडि बढाइएको र अदालतबाट ७ दिनको म्याद थप गरी उनीमाथि आवश्यक अनुसन्धान भइरहेको पर्साका प्रहरी प्रमुख रेवती ढकालले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *