यो सरकार सिन्को भाँच्न होइन, देश बनाउनका लागि होः प्रधानमन्त्री

मंसिर ११, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन सरकार देश विकास गर्न बनेको बताएका छन् । 

मंगलबार काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित सामाजिक सुरक्षा योजनाको शुभारम्भ समारोहमा उनले यस्तो बताएका हुन् । 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारमाथिको आलोचनाको खण्डन गर्दै अहिलेसम्म सरकार नदेख्नेहरुले अब चारैतिर सरकार देख्ने बताए। 

null

उनले सरकार अहिले श्रमजीवी जनताको पक्षमा काम गर्न व्यस्त भएको दावी गरे । 

‘सरकारले काम गर्न सकेन सिन्कासम्म पनि भाँचेन भन्ने सुनिन्छ’, प्रधानमन्त्री ओलीले भने, ‘यो सरकार जुम्रा मार्न र सिन्का भाँच्नका लागि बनेको होइन् देश बनाउनका लागि हो, सरकारले आफ्नो काम गर्दै छ।’ 

प्रधानमन्त्रीले सरकार कहाँ छ भन्ने कुरा मजदुरलाई सोध्न आग्रह गरे । ‘केही दिनमा मेलम्ची आउँदैछ, काठमाडौँको सडक बढारिन्छ, धोइन्छ, अनि थाहा पाउनुहुन्छ सरकार कहाँ छ’, प्रधानमन्त्रीले भने । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *