सवारीको ठक्करबाट टेकुमा एकको मृत्यु, दैलेखमा जिप दुर्घटना हुँदा दुईको ज्यान गयो, ६ घाइते

मंसिर १२, काठमाडौँ । सावारीको ठक्करबाट आज बिहान टेकुमा एक जनाको मृत्यु भएको छ । 

टेकु पुलस्थित कनक पेट्रोल पम्प अगाडि नम्बर नखुलेको सवारी साधनले बिहान ४ बजे कञ्चनपुर घर भई हाल कीर्तिपुर बस्ने १९ वर्षीय जीवन सिंहलाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । 

उपचारका लागि वीर अस्पताल लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको हो । 

null

दुर्घटनापछि सवारी साधनसहित फरार रहेका चालकको खोजी भइरहेको कालिमाटी प्रहरी वृत्तले जनाएको छ । 

दैलेखमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । सुर्खेतबाट ठाटीकाँध गाउँपालिका–३ बहाँकोटतर्फ जाँदै गरेको भे१च २२०७ नंको बोलेरो जिप दैलेखको ठाटीकाँध गाउँपालिकामा दुर्घटना हुँदा जिपमा सवार दुई जनाको मृत्यु भएको हो । 

उक्त गाउँपालिका–३ का वडासदस्य कर्णबहादुर बोगटीका अनुसार सोही स्थानका ४७ वर्षीय राजेन्द्रबहादुर शाही र वडा नं १ का ३० वर्षीय निर्मल बमको मृत्यु भएको हो । 

उनका अनुसार आज बिहान ८ बजे जिप धामीगाउँ नजिक उक्त जिपको ब्रेक फेल भएर दुर्घटना भएको थियो । घाइतेहरूको नाम र ठेगाना खुल्न सकेको छैन । 

दुर्घटनामा घाइते छ जनाको अवस्था गम्भीर रहेको र उनीहरूको उद्धारका लागि ठाटीकाँध प्रहरी चौकीका प्रहरी, गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही, चामुण्डाविन्द्रासैनी नगरपालिकाका प्रमुख सूर्यबहादुर शाही एम्बुलेन्ससहित घटनास्थलमा पुगेका थियो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *