दैलेख जिप दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या चार पुग्यो, चारको अवस्था गम्भीर

मंसिर १२, दैलेख । दैलेखमा जिप दुर्घटना हुँदा थप दुई जनाको मृत्यु भएको छ । 

बुधबार बिहान सुर्खेतबाट दैलेखको ठाटीकाँध गाउँपालिका–३ बहाँकोटका लागि छुटेको भे१च २२०७ नम्बरको आठ जना सवार बोलेरो जिप दुर्घटना हुँदा थप दुई जनाको मृत्यु भएको हो । यसअघि नै दुई जनाको मृत्यु भइसकेको छ । 

उक्त गाउँपालिका–३ का वडासदस्य कर्णबहादुर बोगटी आज बिहान ८ बजे धामीगाउँ नजिक उक्त जिपको ब्रेक फेल भएर दुर्घटना भएको जानकारी दिए । 

null

मृत्यु हुनेमा सोही स्थानका ४७ वर्षीय राजेन्द्रबहादुर शाही, वडा नं १ का ३० वर्षीय निर्मल बम, ठाँटीकाँध–२ का ३० वर्षीय रमेश शाही र ठाँटीकाँध–३ की ४६ वर्षीय रत्ना शाही रहेका छन् । 

दुर्घटनामा ठाँटीकाँध–१ का २८ वर्षीय समशेर बम, ३० वर्षीय युद्ध सूची, ठाँटीकाँध– ४ का दिलिप शाही र २८ वर्षीय मनिश राष्कोटी घाइते भएका छन् । उनीहरुको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *